सुदूरपहाडका राजमार्गमा खाल्डै-खाल्डा, यात्रा जोखिमपूर्ण
farakdhar.com · Fri Jun 23 17:07:03 GMT 2023
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा रहेका राजमार्गमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । यहाँका साँघुरा राजमार्गमा जताततै खाल्डाखुल्डीले गर्दा यात्रा जोखिमपूर्ण हुने गरेको छ ।
राजमार्ग विस्तार तथा घुम्ती सुधारको नामले महिनौँसम्म पनि काम सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको दोगडाकेदार गाउँपालिका–७ का दीपेन्द्र कार्कीले बताए । भीमदत्त, केआइसिंह, दशरथचन्द, महाकाली, जयपृथ्वी राजमार्ग सुदूरपहाडका मुख्य राजमार्ग हुन् । यी राजमार्गमै यात्रुले सास्ती भोग्नुपरेको छ । ‘पक्की सडकमा जताततै खाल्डाखुल्डी छन्, यात्रा गर्दा निकै सास्ती भोग्नुपरेको छ । मोटरसाइकल चलाउन त झनै समस्या छ,’ उनले भने ।
Read full story at source (farakdhar.com)