भोटेकोसी विपद्मा अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्छ : ज्ञानेन्द्र शाही
baahrakhari.com · Tue Sep 01 11:05:32 GMT 2026

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भोटेकोसी विपद्मा अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताएका छन् ।
नेपालका कारण अहिलेको विपत्ति नआएको दाबी गर्दै उनले क्षतिपूर्ति माग्नुपर्ने उल्लेख गरेका हुन् । मंगलबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय अदालतदेखि राष्ट्रसंघसम्म पुग्नुपर्ने उल्लेख गरे । ''कार्बन उत्सर्जन गर्ने अरू राष्ट्रका कारणले गर्दा हामीले विपत्ति भोगिरहेका छौँ । यसको क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ ,” उनले भने, “अन्तर्राष्ट्रिय समुदायमा जानुपर्छ , संयुक्त राष्ट्रसंघसँग जानुपर्छ यो हाम्रो हक दाबी हो । क्षतिपूर्तिसहित माग दाबी गर्नुपर्छ ।”
Read full story at source (baahrakhari.com)