काभा भलिबल खेल्ने नेपाली टोलीको बिदाइ
baahrakhari.com · Tue Sep 01 11:03:08 GMT 2026
काठमाडौं । भुटानमा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) बिच भलिबल प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रामचरित्र मेहताको प्रमुख आतिथ्यतामा टोलीको बिदाइ गरेको हो ।
नेपाल भलिबल संघले उक्त कार्यक्रम त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष्दको सभाहलमा आयोजना गरेको थियो । बिदाइ कार्यक्रममा खेलाडीहरूलाई शुभकामना दिँदै सदस्यसचिव मेहताले प्रतियोगिताले भलिबललाई उचाइमा पुर्याउने बताउँदै पदक जित्न प्रेरित गरे ।
Read full story at source (baahrakhari.com)