न्यायको सतिसाल वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा : अन्यायविरुद्ध एक अविचलित यात्री
ratopati.com · Mon Aug 17 01:15:00 GMT 2026

काठमाडौँ । धौलागिरिको काख र कालीगण्डकीको सुसाहटसँगै हुर्किएको एउटा नाम हो– वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा पौडेल । बागलुङको रातामाटामा वि.सं. २००० साल चैत २५ गते पण्डित जगन्नाथ उपाध्याय र पवनकुमारी उपाध्यायको पुत्ररत्नका रूपमा जन्मिएका शर्मा नेपालको कानुनी इतिहास र समाजसेवाको क्षेत्रमा एक चम्किलो नक्षत्र हुन् ।
शर्मा पाँच दशक लामो सङ्घर्षको रापमा खारिएका कानुनका ज्ञाता पनि हुन् । यिनै शर्मालाई गत साता मात्रै नेपाल बार काउन्सिलले पाँच दशक लामो निरन्तर वकालत पेसामा संलग्न भएको भन्दै सम्मान गरेको छ ।
Read full story at source (ratopati.com)