फिफा विश्वकप समूह ‘आई’ : एमबाप्पेको फ्रान्सलाई हालान्डको नर्वेको चुनौती
newsofnepal.com · Tue Jun 09 11:52:54 GMT 2026
काठमाडौं ।
फ्रान्सले न्यु जर्सीको मेटलाइफ रंगशालामा सेनेगलसँग खेल्दै विश्वकप २०२६ को सुरुआत गर्दा २४ वर्षअघिको स्मरण ताजा हुनेछ । सन् २००२ मा साविक विजेताको रुपमा उपाधि रक्षाको लक्ष्यमा दक्षिण कोरिया पुगेको फ्रान्स शोलमा सम्पन्न आफ्नो पहिलो खेलमै सेनेगलसँग स्तब्ध भएको थियो । जुन नतिजाको खुसीले डाकारका सडकहरुलाई एउटा नृत्य महोत्सवको रुप दिएको थियो । सन् १९९८ र २०१८ को च्याम्पियन फ्रान्स यसपाली तेस्रो उपाधि जित्ने लक्ष्यका साथ अमेरिका पुगेको छ । प्रतियोगिताका थुप्रै दाबेदारमध्ये फ्रान्स पनि सम्भावित च्याम्पियनको सूचिमा पर्ने टिम हो । किलियन एमबाप्पेको प्रेरणा रहने टिममा ह्युगो इकिटिके, औसमान डेम्बेले र माइकल ओलिसेजस्ता खेलाडीको उपस्थितीले फ्रान्सलाई प्रतियोगिताको मुख्य दाबेदारमध्ये एकका रुपमा उभ्याएको छ । जुनअघि नै खेलिएका मैत्रीपूर्ण खेलमा ब्राजिललाई २–१ तथा कोलम्बियालाई ३–१ को नतिजामा हराएर पनि फ्रान्सले विश्वकपका प्रतिद्धन्द्धीहरुलाई बेलैमा सन्देश दिइसकेको छ । तर, जुनको सुरुआतमा आइभोरी कोष्टसँग २–१ ले पराजित भएको नतिजाले भने फ्रान्सको टिममा समस्या पनि रहेको देखाउँछ ।
Read full story at source (newsofnepal.com)