बाढीपीडितका लागि कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिको २५ लाख सहयोग
annapurnapost.com · Tue Sep 01 10:57:25 GMT 2026

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग गर्ने उद्देश्यले कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले २५ लाख सहयोग गरेको छ।
कम्पनीका अध्यक्ष सुहृद् घिमिरे, कार्यकारी उपाध्यक्ष रेखा घिमिरे तथा निर्देशक अदिती घिमिरेसहितको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। हालै रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोका कारण रसुवासहित नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढी तथा पहिरोका कारण घर, सम्पत्ति तथा भौतिक पूर्वाधारमा क्षति पुगेको छ भने प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा पुनस्र्थापनाको आवश्यकता देखिएको छ।
Read full story at source (annapurnapost.com)