धिमाल समुदायको होमस्टे : संस्कृति संरक्षणसँगै आर्थिक समृद्धि
gorkhapatraonline.com · Fri Jun 26 04:29:48 GMT 2026

मोरङको बेलबारी नगरपालिका–१० स्थित माटीगाउँमा धिमाल समुदायको भाषा, संस्कृति, परम्परा, खानपान र जीवनशैलीलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले धिमाल होमस्टे (घरबास) सञ्चालनमा आएको छ। होमस्टे सञ्चालनसँगै धिमाल जीवित सङ्ग्रहालय (लिभिङ म्युजियम) निर्माणको काम पनि अघि बढाइएको छ।
धिमाल समुदायको ऐतिहासिक, सांस्कृतिक र सामाजिक जीवनलाई एकै स्थानमा अवलोकन गर्न सकिने गरी सुरु गरिएको यो सङ्ग्रहालयलाई धिमाल समुदायको पहिचान संरक्षणसँगै पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण आधारका रूपमा हेरिएको छ।
Read full story at source (gorkhapatraonline.com)