मोरङमा कारागारमा कैदीबन्दी आन्दोलित बनेपछि रोकियो स्थानान्तरण
kendrabindu.com · Mon Aug 17 04:58:07 GMT 2026

विराटनगर । जिल्ला कारागार मोरङमा सोमबार बिहान सुरक्षा निकायले व्यापक खानतलासी थालेपछि कैदीबन्दी आन्दोलित भएका छन् । विराटनगर–८, हाटखोलास्थित कारागारको ‘बी ब्लक’का कैदीबन्दीहरू विभिन्न माग राख्दै कारागारको छतमा चढेर नाराबाजीमा उत्रिएका हुन् ।
कारागारभित्र हुने आर्थिक तथा मानसिक शोषण अन्त्य गर्नुपर्ने, कैदीबन्दीमाथि गरिने व्यवहार सुधार गर्नुपर्ने लगायतका माग उनीहरूले अघि सारेका छन् । सुरक्षा निकायले भने कारागारभित्र लागूऔषधलगायत अवैध वस्तु लुकाएर राखिएको सूचनाका आधारमा नियमित खानतलासी गरिएको जनाएको छ ।
Read full story at source (kendrabindu.com)