‘बजाज पल्सर’ जनकपुर किंग्सको मुख्य प्रायोजक
ratopati.com · Mon Aug 17 06:52:04 GMT 2026
काठमाडौँ । दोश्रो संस्करणको इन्डोर सुपर लिगको फ्रेन्चाइज टोली जनकपुर किंग्सले नेपालकै अग्रणी मोटरसाइकल कम्पनी बजाज पल्सरसँग मुख्य प्रायोजकको लागि सम्झौता गरेको छ । जनकपुर किंग्स र बजाज पल्सरबिचको सम्झौता नक्साल, गैरीधारामा रहेको कार्यालयमा आज सम्पन्न भएको हो ।
सम्झौतापछि जनकपुर किंग्सका प्रमुख कार्यकारी अधिकृत आर्यन शाहले बजाज पल्सरसँग सहकार्य गर्न पाउनु टोलीका लागि गर्वको विषय भएको बताएका छन् । उनले यो साझेदारीले टोलीलाई थप ऊर्जा, आत्मविश्वास र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
Read full story at source (ratopati.com)