मदनकृष्ण श्रेष्ठद्वारा ‘न गाँस्थे म प्रित’ गीत सार्वजनिक
ratopati.com · Mon Aug 17 07:12:59 GMT 2026

काठमाडौँ। गायक, सङ्गीतकार एवं गीतकार डा. रणजित कुमार झाको नयाँ प्रेमील गीत ‘न गाँस्थे म प्रित’ सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित विशेष समारोहमा वरिष्ठ अभिनेता, गायक, सङ्गीतकार तथा गीतकार मदनकृष्ण श्रेष्ठले उक्त गीत सार्वजनिक गरेका हुन्। गीतमा डा. झाकै स्वर, शब्द र सङ्गीत छ।
कार्यक्रममा गीतको म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो। भिडियोमा सोहल्या झा र सुरेश कोहलीले अभिनय गरेका छन्। यस भिडियोको निर्देशन तथा कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्। रामशरण उप्रेतीको छायाङ्कन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन छ।
Read full story at source (ratopati.com)