झापामा जापानिज इन्सेफ्लाइटिसको जोखिम बढ्यो, स्थलगत अध्ययनका लागि टोली परिचालन
barnanmedia.com · Mon Aug 17 07:13:47 GMT 2026

झापामा जापानिज इन्सेफ्लाइटिस 'जेई' संक्रमण बढ्दै गएपछि जिल्लाको पछिल्लो अवस्था अध्ययन गर्न स्थलगत टोली परिचालन गरिएको छ। पछिल्लो चार महिनामा जिल्लामा १० जनामा जेई संक्रमण पुष्टि भएको र संक्रमितमध्ये पाँच जनाको मृत्यु भएपछि संक्रमणको अवस्था, वातावरणीय जोखिम तथा समुदायको अवस्थाबारे अध्ययन गर्न टोली परिचालन गरिएको हो।
जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार स्थलगत अध्ययनका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसहित स्वास्थ्य शाखा प्रमुख, जिल्ला निगरानी सम्पर्क व्यक्ति तथा खोपसम्बन्धी चिकित्सक सहभागी टोली परिचालन गरिएको छ। टोलीले संक्रमणको अवस्था र जोखिमका सम्भावित कारण पहिचान गरी रोकथाम तथा नियन्त्रणका आवश्यक उपाय सिफारिस गर्नेछ।
Read full story at source (barnanmedia.com)