पुल्चोकमा इम्बार्क कलेजले बनायो सार्वजनिक पार्क, मेयर महर्जनले गरे उद्घाटन
kendrabindu.com · Mon Aug 17 07:29:45 GMT 2026
ललितपुर । ललितपुर महानगरपालिका–१०, पुल्चोकस्थित इम्बार्क कलेज परिसरअगाडि कलेजको पहलमा निर्माण गरिएको सार्वजनिक पार्कको औपचारिक उद्घाटन गरिएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आइतबार पार्कको उद्घाटन गरेका हुन्।
सहरीकरण तीव्र बन्दै जाँदा काठमाडौं उपत्यकामा खुला तथा हरित क्षेत्र घट्दै गएको अवस्थामा सार्वजनिक स्थानलाई व्यवस्थित, हरियालीयुक्त र आकर्षक बनाउने उद्देश्यले पार्क निर्माण गरिएको कलेजले जनाएको छ। पार्कमा स्थानीय प्रजातिका फूल तथा विभिन्न बिरुवा रोपिनुका साथै पानीको फोहोरा निर्माण गरिएको छ। यसले व्यस्त सहरी वातावरणमा शान्त, स्वच्छ तथा रमणीय वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।
Read full story at source (kendrabindu.com)