नेपाललाई अर्को तनाव, चीनले सिन्धुपाल्चोकको तातोपानी नाका पनि बन्द गर्यो
barnanmedia.com · Tue Sep 01 11:51:23 GMT 2026

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्भावित थप विपद्को जोखिम देखाउँदै चीनले सिन्धुपाल्चोकको तातोपानी नाकापारि रहेको झाङ्मु पोर्ट अनिश्चितकालका लागि बन्द गरेको छ। चिनियाँ पक्षले भन्सारसम्बन्धी काम रोकेको छ भने त्यहाँ कार्यरत कर्मचारीलाई सुरक्षित उच्च स्थानतर्फ सारिएको बताइएको छ। यससँगै नेपालतर्फ आउने मालवाहक गाडीको आवागमन पनि रोकिएको छ।
तातोपानी नाका यसअघि पनि पहिरो र सडक भासिने समस्याका कारण पटक–पटक अवरुद्ध हुँदै आएको थियो। केही समयअघि मात्रै सडक मर्मतपछि यातायात सहज बनाउने प्रयास भएको अवस्थामा चीनले विपद् सुरक्षाको कारण देखाउँदै झाङ्मु पोर्ट बन्द गरेपछि नेपाल–चीन व्यापारमा फेरि समस्या थपिएको छ।
Read full story at source (barnanmedia.com)