आफ्नो गैरसरकारी विधेयक कार्यसूचीमा नपरेपछि संसद् बैठकमै पूर्वमुख्यमन्त्रीको पलेँटी
baahrakhari.com · Tue Sep 01 12:02:39 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले आफूले दर्ता गराएको गैरसरकारी विधेयक कार्यसूचीमा नपरेको भन्दै प्रदेशसभा बैठकमा विरोध जनाएका छन् । उनले मंगलबार प्रदेशसभा बैठकमा पलेँटी कसेर बसेर विरोध जनाएका हुन् ।
आफूले गत साउन १२ गते सभामुखसमक्ष ‘कर्णाली समृद्धि तथा आर्थिक विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ गैरसरकारी विधेयकका रूपमा प्रदेशसभा सचिवालयमा दर्ता गराएको उनले बताए । लामो समयसम्म पनि विधेयकलाई छलफलको कार्यसूचीमा नल्याइएको भन्दै आपत्ति जनाए ।
Read full story at source (baahrakhari.com)