विपद्को बेला सबै एकजुट हुनुपर्ने सर्वदलीय बैठकको निष्कर्ष
himalpress.com · Tue Sep 01 12:09:03 GMT 2026

काठमाडौँ- विपद्को वर्तमान परिस्थितिमा राजनीतिक दलहरू विभाजित नभई एकजुट भएर उद्धार, राहत र पुनःस्थापनामा लाग्नुपर्ने निष्कर्ष सर्वदलीय बैठकले निकालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा मंगलबार सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा नेता ज्ञानबहादुर शाहीले नेपालले भोगिरहेको विपत्ति निष्कर्ष बैठकले निकालेको बताए। सांसद समेत रहेका शाहीले नेपाल आफ्नै कारणले नभई बढी कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूको प्रभावका कारण भीषण बाढीको अवस्था उत्पन्न भएको बताए।
Read full story at source (himalpress.com)