औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
lokaantar.com

महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नीलाम्बर मिश्र मैथलीसहित ११ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले ६ जना कर्मचारीलाई मुख्य कसुरदार र ५ जना आपूर्तिकर्तालाई मतियार बनाएर मुद्दा दायर गरेको हो ।
Read full story at source (lokaantar.com)