रसुवा बाढीपीडितलाई कर्णाली सरकारद्वारा दुई करोड सहयोग
nagariknews.nagariknetwork.com · Tue Sep 01 12:06:44 GMT 2026

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि कर्णाली प्रदेश सरकारले रु दुई करोड सहयोग गर्ने भएको छ।
प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेत वीरेन्द्रनगरमा आज बसेको मन्त्रिपरिषद् बैठकले रसुवा बाढीबाट प्रभावित क्षेत्रको राहत उद्धार, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण एवं विपद् व्यवस्थापनका लागि प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु दुई करोड जम्मा गर्ने निर्णय भएको मुख्यमन्त्री मङ्गलबहादुर शाहीले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)