आज पाँच जिल्लाका साना नदीमा बाढीको जोखिम
ratopati.com · Fri Jun 26 04:35:39 GMT 2026

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिन अनुसार हाल देशका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल छ। महाशाखाको बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको जलसतह सामान्य छ। यसै गरी कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि बहाव नियन्त्रणमै रहेको देखिन्छ।
आज रुपन्देही, नवलपरासी, चितवन, बारा, इलाम र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा भने बहाव उल्लेख्य बढ्ने सम्भावना छ। महाशाखाले यी क्षेत्रका साना नदीमा आकस्मिक बाढीको न्यून जोखिम रहन सक्ने पूर्वानुमान गरेको छ। तसर्थ ती नदी तटीय क्षेत्रका बासिन्दालाई सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ।
Read full story at source (ratopati.com)