पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
annapurnapost.com · Mon Aug 17 13:48:13 GMT 2026

काठमाडौं : सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको संयुक्त इजलासले जनआस्थाका सम्पादक समेत रहेका श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको हो।
गैरकानुनी रूपमा गिरफ्तार गरिएको भन्दै श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। सर्वोच्चले उनलाई हाजिरी जमानीमा छाडी वा तारिखमा राखेर अनुसन्धान गर्न भनेको हो।
Read full story at source (annapurnapost.com)