पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
techpana.com · Mon Aug 17 13:56:09 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई हिरासतमुक्त गर्न आदेश दिएको छ । श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार उनलाई हाजिरी जमानी वा तारिखमा राखी अनुसन्धान अगाडि बढाउन आदेश दिएको हो ।
जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्बिरका कारण वैयक्तिक गोपनीयताको हक हनन गरेको आरोपमा श्रेष्ठलाई गत २७ साउनमा प्रहरीले पक्राउ गरेको थियो ।
Read full story at source (techpana.com)