कैदी मृत्यु प्रकरण : ५८ जना कैदीबन्दीसँग बयान लिइयो
ratopati.com · Mon Jul 29 17:30:00 UTC 2024

किमाथाङ्का । सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिटमा परी दुई जना कैदीको मृत्यु प्रकरणमा थप कैदीबन्दीसँग बयान लिइएको छ । जिल्ला कारागार खाँदबारीमा दुई कैदीको कुटपिटपछि मृत्यु भएको घटनामा थप ५८ जना कैदीबन्दीसँग बकपत्र (बयान) लिएकोे जिल्ला अदालतका सूचना अधिकारी ईश्वरी भण्डारीले जानकारी दिइन् ।
गत २०८० साउन २४ गते जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय प्रकाश तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटमा मृत्यु भएको थियो ।
Read full story at source (ratopati.com)