बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड
barnanmedia.com · Tue Jun 09 13:28:12 GMT 2026

रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मंगलबार जारी गरेको सूचनामा वर्षाका कारण राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन रोकिएको जनाएको छ।
प्रहरीका अनुसार सडकमार्गमा कुनै अवरोध नरहेको अवस्था सुनिश्चित भएपछि अर्को सूचना प्रकाशित गरी राजमार्ग पुनः सञ्चालनमा आएको जानकारी गराइनेछ। यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै प्रहरीले थप जानकारीका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।
Read full story at source (barnanmedia.com)