प्रतिनिधिसभाको बैठकको फेरि सर्यो
gorkhapatraonline.com · Fri Jun 26 04:42:40 GMT 2026

काठमाडौं, असार १२ गते । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले जारी गर्नुभएको सूचनामा बैठक यही असार १३ गते शनिबारका लागि सरेको जनाइएको छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत् तोक्नुभएको बैठक पुनः सरेको जानकारी दिनुभएको हो । यसअघि यही असार ११ गतेका लागि बैठक पूर्व निर्धारित भएकामा पहिलो सूचनामार्फत् स्थगन भएको थियो ।
Read full story at source (gorkhapatraonline.com)