जनकपुर किंग्स र पल्सरबीच प्रायोजन सम्झौता
kendrabindu.com · Tue Aug 18 00:32:08 GMT 2026
काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर किंग्सले पल्सर मोटसाइकलसँग मुख्य प्रायोजन सम्झौता गरेको छ । जनकपुर किंग्स र पल्सरबीच सोमबार भएको सम्झौतामा जनकपुर किंग्सका सीईओ आर्यन शाह र पल्सरको सेल्स एन्ड मार्केटिङ विभागका राजेश पोखरेलले हस्ताक्षर गरे ।
सीईओ शाहले पल्सरसँग सहकार्य गर्न पाउनु टिमका लागि गर्वको विषय भएको बताए । उनले यो साझेदारीले टिमलाई थप ऊर्जा, आत्मविश्वास र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
Read full story at source (kendrabindu.com)