मुद्दा र पक्राउको त्रासमा बैंकिङ क्षेत्र, कर्जा प्रवाह ठप्प हुने जोखिम
annapurnapost.com · Tue Aug 18 01:33:26 GMT 2026

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई धमाधम पक्राउ गरी अनुसन्धान गर्ने र मुद्दा चलाउने क्रम बढाएको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) र प्रभु बैंकसहितका सञ्चालकमाथि अहिले पनि मुद्दा चलिरहेको छ।
एनआईएमबीले स्मार्ट टेलिकमको कर्जा असुलीका क्रममा गरेका कामलाई लिएर सीआईबीले ठगी, संगठित अपराध र बैंकिङ कसुरसम्बन्धी अनुसन्धान अघि बढाएकोमा गम्भीर आपत्ति जनाएको छ। बैंकले प्रचलित कानुन, नेपाल राष्ट्र बैंकको निर्देशन र बैंकिङ अभ्यासअनुसार नै कर्जा असुली अघि बढाएकाले यी आरोपहरू निराधार रहेको जिकिर गरेको छ।
Read full story at source (annapurnapost.com)