सभामुखलाई आशिका तामाङको प्रश्न : ३७ दिनको धैर्यता र सहनशीलता मर्यादाभित्र पर्दैन र ?
nagariknews.nagariknetwork.com · Tue Aug 18 01:33:58 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सभामुखले आफूलाई ‘मर्यादामा बस्न’ भनेको प्रति आपत्ति जनाउँदै जनताको मुद्दामा सरकारसँग जवाफ माग्नु आफ्नो दायित्व भएको बताएकी छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा विदेशमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउने विषयमा आवाज उठाउँदै सांसद तामाङले ३७ दिनसम्म आफूले धैर्य र सहनशीलता अपनाएको बताइन्। धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल ल्याउन आफूले निरन्तर आवाज उठाए पनि समस्या समाधान नभएको उनको भनाइ थियो। ‘सभामुखज्यू भन्नुहुन्छ, मर्यादामा बस्नुस्। ३७ दिनसम्म मैले राखेको धैर्यता र सहनशीलता चाहिँ मर्यादाभित्र पर्दैन र?’ भन्दै उनले प्रश्न गरिन्।
Read full story at source (nagariknews.nagariknetwork.com)