डरलाग्दो तरिकाले फैलिँदै जापानिज इन्सेफलाइटिस, १६ जनाको मृत्यु, तीन महिना खतरा
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ । नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ) बाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६३ पुग्दा १६ जनाको मृत्यु भएको छ । परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म २२ जिल्लाका ५० स्थानीय तहबाट जेइका सङ्क्रमित भेटिएका हुन् ।
देशभर ८७८ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) को केश देखिएकोमा ६३ जनामा जेइ सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो पाँच दिनमा मात्रै नौ जना नयाँ जेइ थपिएका छन् । सङ्क्रमितमध्ये ३४ पुरुष र २९ महिला छन् । ६३ सङ्क्रमितमध्ये ३१ जना उपचाररत रहेको तथ्याङ्कमा उल्लेख छ ।
Read full story at source (hamrakura.com)