कोहलपुरबाट १३ किलो अफिम र चरेससहित दुई पक्राउ, नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर
canadanepal.com · Tue Aug 18 02:44:58 GMT 2026

बाँके । प्रहरीले बाँकेको कोहलपुरबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र सुर्खेतस्थित संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका–६ बाट १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेससहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार पक्राउ पर्नेमा रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ का ४३ वर्षीय कर्णबहादुर बुढा र कोहलपुर नगरपालिका–६ का ६० वर्षीय टोपजङ्ग भन्ने टाइपसिंह गिरी रहेका छन्।
Read full story at source (canadanepal.com)