बाढी प्रभावितको लागि ज्योति विकास बैंकको १ करोड सहयोग
annapurnapost.com · Tue Sep 01 13:32:18 GMT 2026

काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढी कारण प्रभावित भएका नागरिकहरुको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ज्योति विकास बैंक लिमिटेड १ करोड सहयोग गरेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गर्नुका साथै बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङ जिल्लाका समाजिक, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रहरुमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि समुदायस्तरमा विभिन्न कार्यक्रम अन्तर्गत चरणबद्ध रुपमा थप ५० लाख सम्मको सहयोग उपलब्ध गराउने निर्णय बैंकले गरेको छ।
Read full story at source (annapurnapost.com)