अटो बजारमा चीन र जापानबीच प्रतिस्पर्धा
kendrabindu.com · Tue Aug 18 03:09:50 GMT 2026

काठमाडौं । काउन्टरपोइन्ट रिसर्च’का अनुसार सन् २०२६ चिनियाँ र जापानी अटो कम्पनीको प्रतिस्पर्धा प्रमुख वैदेशिक बजारमा स्पष्ट देखिन थालेको छ । ‘काउन्टरपोइन्ट रिसर्च’को पहिलो त्रैमासिकमा युरोपको प्यासेन्जर सवारी साधन बजारमा जापानी अटो निर्माताको बजार हिस्सा करिब १२ प्रतिशत थियो, जुन चार वर्षअघिको तुलनामा खासै परिवर्तन भएको छैन । जापानी ब्रान्डहरूले विश्वभर वार्षिक करिब २ करोड ५० लाख गाडीहरू बिक्री गरिरहेका छन्।
सोही अवधिमा चिनियाँ अटोनिर्माताले आफ्नो बजार हिस्सा ३ प्रतिशतबाट बढाएर १६ प्रतिशत पुर्याएका छन् । दर्ता तथ्यांकले यो विस्तार केही युरोपेली, दक्षिण कोरियाली र अमेरिकी प्रतिस्पर्धीको बजार हिस्सामा आएको कमीको मूल्यमा भएको देखाउँछ । चिनियाँ अटो ब्रान्डहरूले जापानी निर्माताहरूलाई पछि पार्दै वार्षिक झण्डै २ करोड ७० लाखभन्दा बढी गाडीहरू विश्व बजारमा बिक्री गर्न सफल भएका छन्।
Read full story at source (kendrabindu.com)