नारायणगढ–मुग्लिन सडकको मर्मतका लागि बोलपत्र आह्वान
nepalviews.com · Tue Aug 18 03:20:01 GMT 2026

काठमाडौं । नेपालको प्रमुख तथा सर्वाधिक व्यस्त सडकखण्डमध्ये एक नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ । मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल)ले सडकखण्डको आवधिक मर्मत कार्यका लागि बोलपत्र आह्वान गरेपछि सम्भावित बोलपत्रदातालाई निर्माणस्थलको स्थलगत भ्रमण गराउनुका साथै प्रस्तावपूर्व छलफलसमेत गरेको हो ।
एमसीए–नेपालका अनुसार प्रस्तावपूर्वको छलफलमा विभिन्न निर्माण कम्पनीका ३१ जना प्रतिनिधिको सहभागिता थियो । त्यसमध्ये १८ जना प्रतिनिधिले अनलाइनमार्फत तथा १३ जनाले प्रत्यक्ष रूपमा सहभागिता जनाएका थिए ।
Read full story at source (nepalviews.com)