सभामुखलाई आशिका तामाङको प्रश्न- ३७ दिनसम्म मैले राखेको धैर्यता चाहिँ मर्यादाभित्र पर्दैन र ?
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले सभामुखले आफूलाई ‘मर्यादा’मा बस्न आग्रह गरेकोप्रति प्रश्न उठाएकी छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै तामाङले आफूले ३७ दिनसम्म धैर्यता र सहनशीलता अपनाएको भन्दै त्यो पनि संसदीय मर्यादाभित्रै पर्ने बताएकी हुन् ।
उनले पीडितकी श्रीमती र बुवालाई लिएर कहिले मन्त्रालय, कहिले प्रधानमन्त्रीको सचिवालय र कहिले काउन्सलरसम्म पुगेर आफूले विषय समाधानका लागि पहल गरेको उल्लेख गरेकी छन् । ‘सभामुखज्यू भन्नुहुन्छ, मर्यादामा बस्नुस्। ३७ दिनसम्म मैले राखेको धैर्यता र सहनशीलता चाहिँ मर्यादाभित्र पर्दैन र ?’ उनले प्रश्न गरेकी छन् ।
Read full story at source (lokaantar.com)