बाढी प्रभावित बालबालिकासम्बन्धी सामग्री सम्प्रेषणमा सावधानी अपनाउन आग्रह
khabarhub.com · Tue Sep 01 13:42:33 GMT 2026

काठमाडौं – प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको उद्धार, राहत वितरण तथा अन्य सहयोगका नाममा उनीहरूको आत्मसम्मान, मर्यादा र गोपनीयतामा प्रतिकूल असर पर्ने गरी तस्बिर तथा श्रव्यदृश्य सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ।
काउन्सिलले आज विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा बालबालिकाको असहाय अवस्था देखिने तथा व्यक्तिगत पहिचान खुल्ने किसिमका तस्बिर र श्रव्यदृश्य सामग्री सम्प्रेषण तथा प्रविष्ट भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
Read full story at source (khabarhub.com)