एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ५१ लाख सहयोग
annapurnapost.com · Tue Sep 01 13:37:15 GMT 2026

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले एनएमबि बैंक लिमिटेडका संचालक समितिका अध्यक्षले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी ३ करोड ५१ लाख रुपैयाँ रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।
बैंकले उक्त प्रभावित क्षेत्रका नगरिकहरुका लागि १० लाख बराबरको राहत सामाग्री समेत प्रदान गरेको छ । अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले जनधनको क्षति हुनुका साथै धेरै घर परिवार विस्थापित भएका छन् भने सडक, स्थानीय पूर्वाधार र जलविद्युत् आयोजनाहरूमा समेत ठूलो असर परेको छ।
Read full story at source (annapurnapost.com)