पिङवा खोला दोभानमा मंसिरे धानखेती : बाँदरको आतंकले चिन्ता
onlinekhabar.com · Tue Aug 18 04:19:20 GMT 2026

२ साउन, तेह्रथुम । पिङवा खोला कलकलाउँदै बगिरहेको छ । छेउमै रहेको बेंसीको फाँटमा मंसिरे धानका बाला हावासँगै लहराइरहेका छन् । टाढाबाट हेर्दा खेत सुनौलो देखिन्छ । मिहिनेतले फलाएको धान घर भिर्त्याउने किसानका आँखामा पनि त्यही सुनौलो भविष्यको सपना छ । तर, यही सपनाको बीचमा पछिल्ला वर्षदेखि एउटा नयाँ चुनौती थपिएको छ-बाँदरको आतंक।
तेह्रथुमको छथर गाउँपालिका–५ ओख्रेमा पर्ने पिङवा खोला दोभानको खेत लामो समयदेखि स्थानीय किसानका लागि अन्न उत्पादनको महत्वपूर्ण क्षेत्र हो । खोलाको पानी, उर्वर बेंसी जमिन र अनुकूल वातावरणका कारण यहाँ धान खेती राम्रो हुने गरेको छ । एउटै जमिनमा दुई सिजनसम्म खेती गर्न सकिने भएकाले यो क्षेत्र किसानका लागि अझ महत्वपूर्ण मानिन्छ ।
Read full story at source (onlinekhabar.com)