किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत
barnanmedia.com · Tue Aug 18 05:15:50 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्पर्क पुनः स्थापित भएको सङ्केत गर्नुभएको छ । उहाँले किमले आफूले गरेको पछिल्लो सम्पर्क प्रयासको जवाफ दिएको र दुई नेताबीचको संवाद सकारात्मक रहेको बताउनुभएको हो ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले पहिलो कार्यकालमा तीनपटक भेट्नुभएका किमसँगको सम्बन्धले कोरियाली प्रायद्वीपको अवस्था ‘धेरै सुरक्षित’ बनाएको दाबी गर्नुभयो । दोस्रो कार्यकाल सुरु भएपछि भने उहाँहरूको प्रत्यक्ष भेट भएको छैन ।
Read full story at source (barnanmedia.com)