अर्थ मन्त्रालयमा चार सहसचिवको जिम्मेवारी हेरफेर
bishowkhabar.com · Tue Aug 18 05:27:35 GMT 2026
काठमाडौं– अर्थ मन्त्रालयले चार जना सहसचिवको जिम्मेवारीमा हेरफेर गरेको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध, योजना तथा अनुगमन र आर्थिक नीति विश्लेषण महाशाखाको नेतृत्वमा परिवर्तन गरेको हो ।
मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव धनीराम शर्मा भट्टराई एसियाली विकास बैंकमा नेपालका तर्फबाट वैकल्पिक कार्यकारी निर्देशकका रूपमा जाने भएपछि उक्त महाशाखाको जिम्मेवारी सहसचिव अमृत लम्साललाई दिइएको छ ।
Read full story at source (bishowkhabar.com)