रोड्रीको स्थानमा १८ वर्षीय बोउआड्डी भित्र्याउने तयारीमा म्यानचेस्टर सिटी
nagariknews.nagariknetwork.com · Tue Aug 18 05:32:39 GMT 2026
म्यानचेस्टर सिटीले मोरक्को तथा लिलका १८ वर्षीय मिडफिल्डर अय्युब बोउआड्डीलाई अनुबन्ध गर्ने तयारी तीव्र बनाएको छ। सिटीले यो साता नै सम्झौता पूरा गर्ने लक्ष्य राखेको बताइएको छ।
स्रोतका अनुसार सिटी र बोउआड्डीबीच पाँच वर्षको व्यक्तिगत सम्झौतामा सहमति भइसकेको छ। लिलले आफ्ना युवा स्टारका लागि १० करोड युरो अर्थात् करिब ८ करोड ७५ लाख पाउन्ड मूल्य तोकेको छ र सिटी उक्त माग पूरा गर्न तयार देखिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)