ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने हर्क साम्पाङका कार्यकर्ता प्रकाउ
annapurnapost.com · Tue Aug 18 05:33:49 GMT 2026

सुनसरी : धरानमा ट्राफिक प्रहरीमाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोपमा श्रम संस्कृति पार्टीका एक कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका घर भई धरान–११ मा बस्दै आएका ३८ वर्षीय सोमप्रसाद राई रहेका छन्।
गत साउन ३० गते धरानस्थित माछाभौडीमा ट्राफिक चेकिङका क्रममा ट्राफिक प्रहरीमाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोपमा राईलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो। ट्राफिक प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार सुवास विश्वकर्माले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Read full story at source (annapurnapost.com)