माईखोलामा झोलुङ्गे पुल : स्थानीयवासी खुसी
nepalnews.com · Tue Aug 18 05:46:50 GMT 2026

इलाम । माईखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन् । इलाम नगरपालिका–८ र १० जोड्ने काइलाटारमा उक्त पुल निर्माण गर्न ८४ लाख ७१ हजार ४६० रुपैंयाँ खर्च भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा कोशी प्रदेश सरकारको लगानीमा १७९ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई आवतजावत गर्न सहज भएको छ । पूर्वाधार विकास कार्यालय, इलामका प्रमुख रञ्जय सिंहले तिल्केनी–सिलपुर सडकअन्तर्गत पर्ने काइलाटारमा पुल निर्माण भएपछि यहाँका स्थानीय खुसी भएको जानकारी दिए ।
Read full story at source (nepalnews.com)