मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह
bishowkhabar.com · Tue Aug 18 05:52:24 GMT 2026
काठमाडौं– निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य तथा सरोकारवालालाई आग्रह गरेको छ । आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै मृतकको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा जानकारी गराई मतदाता नामावली अद्यावधिक गर्न आग्रह गर्नुभएको हो ।
आयोगले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा नामावली अद्यावधिक गर्दै आएको जनाएको छ । मतदाताको मृत्यु भएपछि एकाघरका परिवारका सदस्य वा अन्य व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिएर मतदाता नामावलीबाट विवरण हटाउन सक्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)