रास्वपाकै सांसदले सदनमा भने–'मन्त्रीले अभाव छैन भन्नुभयो, तर बजारमा अझै ग्यास पाइएन'
ratopati.com · Tue Aug 18 06:08:16 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मोहनलाल आचार्यले बजारमा देखिएको खाना पकाउने ग्यासको समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा सांसद आचार्यले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीले सदनमा दिएको जानकारी र यथार्थ अवस्था फरक रहेको बताए । उनले भने, ‘उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीले केही समयअघि सदनमा आएर ग्यासको कुनै समस्या छैन भन्नुभएको थियो, तर व्यवहारमा अझै पनि उपभोक्ताले ग्यासको समस्या भोगिरहेका छन् । समस्या अझै समाधान भएको छैन ।’
Read full story at source (ratopati.com)