स्थानीय तहले साना समस्या पनि हल नगर्दा सांसदहरू निरीह बन्नुपर्यो : संसद् पन्त
ratopati.com · Tue Aug 18 06:05:10 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद बुद्धिप्रसाद पन्तले स्थानीय तहको बेवास्ताका कारण सर्वसाधारणले सामान्य समस्यामा पनि ठूलो सास्ती खेप्नुपरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै पन्तले स्रोत अभावका कारण सांसदहरू निरीह बनेर हेर्नुपर्ने बाध्यता रहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘हामी निर्वाचन क्षेत्रमा जाँदा जनताले अनेकौँ समस्या देखाउँछन् र समाधानको आशा गर्छन्, जुन जायज पनि हो। तर, स्थानीय सरकारले न्यून बजेट र थोरै जनशक्ति परिचालन गरेर तत्काल समाधान गर्न सक्ने समस्याहरू समेत अलपत्र परेका छन्।’
Read full story at source (ratopati.com)