सुनको मूल्य स्थिर, चाँदी प्रतितोला २५ रुपैयाँले घट्यो
bishowkhabar.com · Tue Aug 18 06:16:42 GMT 2026

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ नै कायम थियो ।
यस्तै, चाँदीको मूल्य भने आज प्रतितोला २५ रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँ थियो । यससँगै आज सुनको मूल्यमा कुनै परिवर्तन नभए पनि चाँदीको मूल्यमा सामान्य गिरावट आएको हो ।
Read full story at source (bishowkhabar.com)