जापानको ब्याजदर संकट : विश्व अर्थतन्त्रमा सुनामी आउने संकेत ?
clickmandu.com · Tue Aug 18 06:27:17 GMT 2026

काठमाडौं । मंगलबार जापानको मानक १० वर्षे सरकारी बन्डको प्रतिफल तीन दशकयताकै उच्च स्तरमा पुगेको रोयटर्स समाचार संस्थाले लेखेको छ । पश्चिम एसियाको द्वन्द्वमा देखिएको गतिरोधले मुद्रास्फीतिको चिन्ता बढाएसँगै निकट अवधिमै जापानको केन्द्रीय बैंकले ब्याजदर बढाउन सक्ने अड्कलबाजीलाई थप बल पुगेको छ ।
यही समयमा जापानको १० वर्षे सरकारी ऋणपत्रको प्रतिफल १.५ आधार अंकले बढेर २.९३ प्रतिशत पुगेको छ । यो स्तर सन् १९९६ पछि पहिलोपटक देखिएको हो । इतिहासको पाना पल्टाउने हो भने सन् १९९६ मा पनि ब्याजदर ठ्याक्कै यही दायरामा थियो र त्यसको लगत्तै सन् १९९७ मा थाइल्यान्ड, दक्षिण कोरिया र इन्डोनेसियाका अर्थतन्त्रहरू एकपछि अर्को गर्दै ध्वस्त भएका थिए ।
Read full story at source (clickmandu.com)