एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पामा सञ्चालनमा
kalakarmi.com · Tue Aug 18 06:36:19 GMT 2026

पाल्पा- एभरेस्ट बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०८३ साल भदौ १ गते लुम्बिनी प्रदेशको पाल्पा जिल्लाअन्तर्गत तानसेन–७ स्थित लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
यस नयाँ काउन्टरको विस्तारसँगै बैंकका एक्सटेन्सन काउन्टरको संख्या ५ पुगेको छ । उक्त स्थानमा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएसँगै पाल्पावासी तथा आसपासका सेवाग्राहीले आधुनिक, सरल र सहज बैंकिङ सेवा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।
Read full story at source (kalakarmi.com)