पाथीभरामा २ हजारभन्दा बढी घण्टी जोडेर बनाइयो विशाल घण्टी, भक्तजनको नयाँ आकर्षण
kalakarmi.com · Tue Aug 18 06:44:47 GMT 2026

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिर पुग्नुअघि प्रवेशद्वारमा घण्टीबाटै विशाल घण्टीको संरचना बनाइएको छ । मन्दिरको प्रवेशद्वार छेउमा करिब दुई हजार ३० वटा घण्टीहरू जोडेर घण्टीको आकारको विशाल संरचना निर्माण गरिएको हो ।
करिब १६ फिट अग्लो र १२ फिट फराकिलो यो संरचना ६ हजार किलो तौलको रहेको छ । सो घण्टी १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाम्बाङले जानकारी दिए ।
Read full story at source (kalakarmi.com)