ग्यासको अभाव हटाउन सांसदहरूको माग
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ। सांसदहरूले मुलुकका विभिन्न भागमा खाना पकाउने एलपीजी ग्यासको चरम अभाव देखिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणको दैनिक जनजीवन नराम्ररी प्रभावित भएको उल्लेख गर्दै तत्काल आपूर्ति सहज बनाउन माग गरेका हुन्। बैठकमा बोल्दै सांसद मोहनलाल आचार्यले सम्बन्धित मन्त्रीले सदनमा ग्यासको अभाव नरहेको दाबी गरे पनि व्यवहारमा आफ्नै जिल्ला लगायत मुलुकका धेरै भागमा अभाव कायम रहेको बताए।
Read full story at source (hamrakura.com)