मकवानपुर जिप दुर्घटना : उच्च अदालतका रजिष्ट्रारकी श्रीमतीको उपचारका क्रममा मृत्यु
annapurnapost.com · Tue Aug 18 06:44:00 GMT 2026

मकवानपुर: मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको जिप दुर्घटनामा उच्च अदालत वीरगन्जका रजिष्ट्रार तारादत्त बडुकी ४९ वर्षीय श्रीमती लक्ष्मी बडुको मृत्यु भएको छ। बडु परिवार बैतडी दशरथचन्द नगरपालिका-७ का बासिन्दा हुन् ।
काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो मंगलबार बिहान करिब ७:०० बजे अनियन्त्रित भई सडकबाट करिब ५० देखि ६० मिटर तल खोल्सामा खसेको थियो।
Read full story at source (annapurnapost.com)