विकासलाई सिमेन्ट र डन्डीमा मात्र ननापौँ, उत्पादन र रोजगारीमा जोड दिऊँ : सांसद कार्की
ratopati.com · Tue Aug 18 06:50:36 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले भौतिक पूर्वाधार निर्माणसँगै उत्पादन र रोजगारीलाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा सांसद कार्कीले सडक, पुल, सुरुङ र विमानस्थल निर्माण हुनु सकारात्मक भए पनि ती पूर्वाधारले नेपाली उत्पादन र रोजगारीमा कस्तो प्रभाव पारेका छन् भन्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।
‘हामीले विकासलाई कहिलेकाहीँ यति धेरै सिमेन्ट र डन्डीमा मात्र नाप्न थाल्यौँ कि, लाग्छ देशको विकास मात्र भयो कि विकासको बिल मात्र बढ्यो,’ कार्कीले भने । उनले विकासको प्राथमिकता अब बदल्नुपर्ने तर्क गर्दै सडकले उत्पादनलाई बजारसम्म पुर्याउनुपर्ने र सुरुङले व्यापारको लागत घटाउनुपर्नेमा जोड दिए ।
Read full story at source (ratopati.com)